च्यवनधाममा भजन प्रतियोगिता हुँदै, विजेतालाई ५१ हजार

दुलेगौंडा– शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाममा खुला भजन कीर्तन प्रतियोगिता हुने भएको छ । महाशविरात्री पर्वको अवसर पारेर खुला भजन प्रतियोगिता आयोजना गरिएको हो ।

शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मन्दिरमा महाशिवरात्री मेलासँगै भजन प्रतियोगिता हुनेछ । फागुन १४ गते प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्ने मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका अध्यक्ष होमनाथ लम्साल ‘अर्जुन’ ले बताए । उपविजेताले ३६ हजार रुपैयाँ, तेस्रोले २१ हजार र चौथोले ५ हजार रुपैयाँ हात पार्ने उनले जनाए । उनका अनुसार सहभागी सबै टिमलाई ५ हजार रुपैयाँ यातायात खर्च प्रदान गरिनेछ ।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा र वरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेको प्रस्तुती रहनेछ ।

यस्तै, अखण्ड दीप प्रज्वलन, सामूहिक ब्रतवन्ध, शिवधुनी पुजन, विविध धार्मिक अनुष्ठानका कार्यहरु हुने जनाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.