दुलेगौंडा
चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा आयोजितक गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा ऋषिङ गाउँपालिकाको टोली विजयी भएको छ ।
ऋषिङले म्याग्दे गाउँपालिकालाई २–१ सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकोे हो । खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेका अनुसार अब बाँकी खेल फागुन १८ गतेदेखि सुरु हुने छ ।
सहभागी समूह कास्कीको माछापुच्छ«े गाउँपाालिकामा जारी भलिबल प्रतियोगितामा पनि खेल्ने भएकाले केहि दिन स्थगित गरेको उनले बताए ।
भलिबल प्रतियोगिताको विजेताले २ लाख रुपैयाँले, उपविजेताले १ लाख रुपैयाँ, तेस्रोले ५० हजार रुपैयाँ र चौंथो हुनेले २५ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ । सर्वोत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, ब्लकर, सर्भर र व्यवस्थापकलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ ।