दुलेगौंडा– तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएमले प्रकाशन गरेको २०८२ सालको टेबल क्यालेण्डर विमाचन गरिएको छ ।
शुक्रबार दुलेगौंडास्थित रेडियोको सभाहलमा आयोजित कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, अध्यक्ष शिव पौडेल, उपाध्यक्ष आनन्दसुन्दर श्रेष्ठसँगै अन्य पदाधिकारी र सदस्यहले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
संस्थापक अध्यक्ष श्रेष्ठले वर्तमान समयमा रेडियोले विकृति विसंगतिविरुद्ध आवाज उठाउदै सकरात्मक सन्देश प्रवाहमा समेत लाग्नुपर्नेमा जोड दिए ।
रेडियोका अध्यक्ष शिव पौडेलले टेबुल पात्रोले रेडियोको उपस्थिती र प्रचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव टिकराम श्रेष्ठले गरेका थिए ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाबाट प्रसारण भइरहेको रेडियो तनहुँसँगै कास्की, स्याङजा, लमजुङ, पाल्पा, गोरखा, नवलपुर लगायतका जिल्लामा सुन्न सकिन्छ ।
गीत संगीतको अलवा रेडियोमा हाल दैनिक ६ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।