शुक्लागण्डकीको बजेट १ अर्ब २४ करोड ७६ लाख

दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब २४ करोडको बजेट ल्याएको छ । सोमबार भएको १७ औं नगर सभामा मेयर कृष्णराज पण्डितले १ अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँको बजेट पेश गरे ।

बजेटको आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ । राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार ०२९ रुपैयाँ, शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको हो । गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लख १० हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख रुपैयाँ अनुमान पेश गरिएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतबाट २५ करोड १० लाख २७ हजार ९३३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख रुपैयाँ, शशर्त अनुदान २ लाख रुपैयाँ र जनसहभागिता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

पूर्वाधार विकासमा रुपैयाँ ११ करोड ६९ लाख ९३ हजार ६४६ रुपैयाँ, वडा कार्यालयका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ, सामाजिक विकासतर्फ ६ करोड ४३ लाख ६४ हजार ८६६ रुपैयाँ, आर्थिक विकासमा १ करोड ९२ लाख ८७ हजार ८०२ रुपैयाँ, वन, वातावरण तथा विपद् २ करोड ४२ लाख ८७ हजार ८०२ रुपैयाँ, चालु प्रशासनिक खर्चतर्फ १५ करोड ८१ लख ६१ हजार २६७ रुपैयाँ छुट्याइएको छ ।

खर्चतर्फ विषयगत शाखा र अन्तरसम्बन्धित क्षेत्र २४ करोड ७ लाख ५६ हजार २९ रुपैयाँ, संघीय सरकारबाट प्राप्त शसर्त अनुदान ६३ करोड ५० लाख रुपैयाँ, संघीय सरकार समपूर अनुदान ७ करोड २६ लाख ६६ हजार ६६६ रुपैयाँ, गण्डकी प्रदेशबाट समपूरक अनुदान १ करोड २० लाख रुपैयाँ, गण्डकी सरकारबाट विशेष अनुदान ४० लाख, सर्शत अनुदान २ लाख, अनिवार्य दायित्व १० करोड ९८ लाख ५० हजार रुपैयाँ, कार्यालय सञ्चालन प्रशासनिक खर्च १५ करोड ८१ लाख ६१ हजार २६७ रुपैयाँ, जनसहभागिता फिर्ता १ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.