तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिकाले बुधबार सार्वजनिक विदा दिएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा नगरपालिकाले स्थानीय विदा दिएको हो ।
नगर कार्यपालिका र अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र, स्वास्थ्य संस्था, सबै विद्यालय तथा नगरपालिका भित्र संचालित बैंक तथा वित्तिय संस्था, निजी संघ संस्था समेतमा स्थानीय विदा दिने निर्णय भएको मेयर कृष्णराज पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरभित्र रहेका सबै समुदायले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रम सञ्चालन गरी सामाजिक एकताको सन्देश दिनसमेत उनको आग्रह छ ।
शुक्लागण्डकीले यसअघि मगर दिवस र हरीबोधनी एकादशीका दिन सार्वजनिक विदा दिदै आइरहेको थियो ।