शिक्षकबीचको हाजिरजवाफमा जनशिशु कल्याण पहिलो

दुलेगौंडा


शुक्लागण्डकी नगरपालिका शिक्षा शाखाले शिक्षकबीच अन्तर विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता गरेको छ । प्रतियोगितामा शुक्लागण्डकी–१२ प्युरीदोभानले जनशिशु कल्याण आधारभूत विद्यालय पहिलो भएको छ । सहभागी २० विद्यालयलाई पछि पार्दै जनशिशुले पहिलो स्थान हासिल गरेको हो ।

शुक्लागण्डकी–४ दुलेगौंडामा रहेको पञ्चमुनिदेव मावीका शिक्षकको टोलीले दोस्रो स्थान हासिल गरेको छ । शुक्लागण्डकी–१२ लामागाउँको जनप्रेमी माविले तेस्रो स्थान हासिल ग¥यो । पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीबीच भएको चित्रकला प्रतियोगितामा वाराही आधारभूत विद्यालय साउनेडाँडाका सुशील परिया पहिलो, श्रमिक आधारभूत विद्यालय हलेदीका शिव राना दोस्रो, अमरज्योति मावि थप्रेककी आशिका चौधरी तेस्रो भइन् ।

सामाजिक सञ्जालको प्रयोग र यसको असर विषयक वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनिदेव मावि दुलेगौंडाकी गरिमा उपाध्याय पहिलो, आधारभूत मावि साँखेकी रञ्जिता श्रेष्ठ तेस्रो, लिटल गार्डेन माविका इजाज अलि तेस्रो भए ।

विपद् व्यवस्थापनमा समुदायको भूमिका शीर्षकको निबन्ध लेखन प्रतियोगितामा कञ्चनजंगा बोर्डिङ स्कुलकी समृति चौधरी पहिलो, ब्राइट फ्युचर मावि बेलचौताराकी सिज्मा घिमिरे दोस्रो र शुक्ला आधारभूत विद्यालय स्याउलीबजारकी नितिसा थापा तेस्रो भएकी हुन् ।

विद्यार्थीबीच भएको सबै प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रोले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ हात पारे ।

विजेतालाई शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु), प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र शिक्षा शाखा प्रमुख नवराज चापागाईंले पुरस्कृति गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.