चौथो शुक्लागण्डकी महोत्सवः ९५ प्रतिशत स्टल बुकिङ

दुलेगौंडा– चौथो संस्करणको शुक्लागण्डकी महोत्सवका लागि ९५ प्रतिशत बढी स्टल बुकिङ भएको छ । शुक्रबार साँझसम्म केही बाहेकका स्टल बुकिङ भइसकेको हो ।

शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा १७५ स्टल रहनेछन् । सबैभन्दा बढी १४८ स्टल विभिन्न व्यापारिक सामग्रीको प्रदर्शनी एवम विक्री कक्ष रहेको महोत्सवका मूल संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार १० वटा खानाका, अटो कम्पनिका १०, कृषि उत्पादनका ५, सेवामूलक संस्थाका ५, प्रथामिक उपचार केन्द्र र सूचना केन्द्रको १/१ स्टल रहनेछन् ।

यसपाली केही स्थानीय व्यवसायीले पनि स्टल बुकिङ गरेको मूल संयोजक श्रेष्ठको भनाइ छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका सदस्यलाई स्टलमा २५ प्रतिशत छुटको व्यवस्था रहेको छ । अग्रिम भुक्तानी गर्नेलाई १० प्रतिशत थप छुटको व्यवस्था गरिएको हो ।

शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा फागुन ९ देखि १० गतेसम्म महोत्सव हुदैछ । महोत्सवको तयारीलाई तीव्रता दिइएको छ ।

महोत्सवको मुख्य आकर्षणका रुपमा साँस्कृतिक झाँकी प्रदर्शनी, पर्यटन प्रबद्र्धन, नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, भलिबल प्रतियोगिता रहेका छन् । दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, खानाका परिकार, ऐतिहासिक स्थलको पदयात्रा, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, पुष्प प्रदर्शनी तथा विक्री, सुन्तला, मास, अदुवाको प्रदर्शनी तथा खरिद विक्री हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.