शुक्लागण्डकीको नीति तथा कार्यक्रम सोमबार, १२४ करोडको बजेट ल्याउदै

दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्ने भएको छ । १७ औं नगर सभामा आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सार्वजनिक गर्न लागिएको हो ।

यसअघि पूर्वाधार विकास, शैक्षिक सुुधारलाई जोड दिएको नगरपालिकाले आगामी आर्थिक बर्षमा उत्पादन केन्द्रित नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाइएको छ । आगामी बर्षका लागि शुक्लागण्डकीले १ अर्ब २४ करोड रुपैयाँको अनुमानित बजेट पेश गर्ने तयारी छ ।

चालु आर्थिक बर्षका लागि शुक्लागण्डकीले १ अर्ब २४ करोड करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.