दुलेगौंडा
तनहुँमा टिप्परले कार र स्कुटरलाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा आइतबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले बताए ।
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ त ५८९६ नम्बरको टिप्परले विपरित दिशाबाट आउदै गरेको प्रदेश ३–०१०२२ च ६७७८ नम्बरको कार र ग ४ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर चालक अप्सराका छोरा २१ वर्षीय दीपेशकुमार क्षेत्री सामान्य घाइते छन् । कारमा सवार घाइतेहरुको खोजि भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।