नागरिकलाई सजिलो बनाएको शुक्लागण्डकीको ‘सेवा प्रवाह केन्द्र’

दुलेगौंडा– सरकारी कार्यालयमा सेवा लिन जाने सेवाग्राही हरेक चोठाकोठामा फाइल बोकेर धाउनुपर्दा दिक्क मान्छन । फाइल बोकेर कोठामा चाहार्दा पनि काम नभएपछि सरकारी कार्यालयले दिने सेवाप्रति ढिलासुस्तीको गुनासो हुन्छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई फाइल बोकेर हरेक शाखामा धाउनुपर्ने सास्तीको अन्त्य गरिदिएको झन्डै तीन बर्ष भयो । सबै शाखाको सेवा एकै ठाउँबाट लिनलाई नगरपालिकाले सञ्चालनमा ल्याएको ‘सेवा प्रवाह केन्द्र’ को देशभरका स्थानीय तहले सिको पनि गरेका छन् ।

त्यही सेवा केन्द्रको संघ, प्रदेश सरकारसँगै विदेशी दातृ निकायका प्रतिनिधिलेसमेत अवलोकन गरेका छन् । शुक्लागण्डकीले गरेको यो अभ्यास देशमै नमुना भएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ्गसहितको टोलीले प्रभावकारिता बारेमा अवलोकन गरेको हो ।


गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र प्रादेशिक तथा स्थानीय शासन सुढृणीकरण कार्यक्रमका विदेश प्रतिनिधिहरुले सेवा प्रवाह केन्द्रले पारेको प्रभावको बारेमा जानकारी लिदै थप व्यवस्थित गर्न सहयोग गर्ने जनाएका छन् ।

शुक्लागण्डकी नगरपालिकाका प्रशासन शाखाका प्रमुख लक्षमण लम्सालले सेवा प्रवाह केन्द्र सञ्चालनको विधि र सेवाग्राहीले पाएको सेवाका बारेमा जानकारी गराए । मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र शाखा अधिकृतहरुले सेवा प्रवाह केन्द्र सञ्चालन गर्दा सेवा प्रवाहमा भएको सहजता, नागरिकमा देखिएको सन्तुष्टि र थप व्यवस्थित गर्न देखिएको चुनौती लगायतका विषयमा जानकारी गराए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.