सायन खत्रीको उपाचरमा ५२ लाख रुपैयाँ संकलन

तनहुँ– सायान खत्री बचाउ अभियानका लागि झन्डै ५२ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

‘बोनम्यारो प्रत्यारोपण’ गर्नका लागि सायानको हाल दिल्लीको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । परिवारले आर्थिक अभाव भएको बताएपछि तनहुँ खबरले भिडियो पोस्ट गरेको थियो । चैत २४ गतेको भिडियो पोस्ट गरेपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।

हालसम्म ५१ लाख ७८ हजार ७०६ रुपैयाँ ८८ पैसा संकलन भएको सायान खत्री बचाउ अभियानका सहसंयोजक कपिल सिग्देलले जानकारी दिए । उनका अनुसार ३४ लाख ५३ हजार ५५५ रुपैयाँ ८८ पैसा विभिन्न अभियानमार्फत संकलन भएको हो । १७ लाख २३ हजार १५१ रुपैयाँ विभिन्न संघसंस्था, व्यक्ति र समूहले सायनको हजुरआमा उमा खत्रीलाई घरमै पुगेर नगद हस्तानतरण गरेका छन् ।

सायनका बुवा धुर्ब खत्रीको खातामा पनि सिधैं सहयोग गरेको रकम १० लाख रुपैयाँ बढी छ । त्यो रकम ५२ लाख रुपैयाँमा जोडिएको छैन ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी धुर्ब खत्रीका साढे ७ वर्षका छोरा सायान चार बर्षदेखि क्यान्सर रोगबाट ग्रसित भएका छन् । पछिल्लो समय रोग बल्झिएपछि सायानलाई पोखरा, काठमाडौं हुँदै भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ ।

उपाचारका लागि डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने चिकित्सक बताएका धुर्वले तनहुँखबरलाई जानकारी दिए । अहिलेसम्म ऋणधन गरेर उपचार गराएपनि दुई करोड रुपैयाँ आफ्नो क्षमताभन्दा बाहिर भएको उनले सुनाएका थिए । ‘छोराको उपचारका लागि म सबैसँग सहयोगको अपिल गर्दछु’, उनले भिडियो अपिलमार्फत भनेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.