रहेनन् सायान खत्री, आज अन्त्येष्टि हुदै

दुलेगौंडा–

ब्लड क्यान्सरबाट ग्रसित भएका बालक सायान खत्रीको निधन भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्यालीबजारका साढे ७ वर्षीय बालक खत्रीको आइतबार निधन भएको हो ।

बोनम्यारो प्रत्यारोप सफल भएको केही दिनमा उनको निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शव आज नेपाल ल्याइदैछ । आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी धुर्बका साढे ७ वर्षका छोरा सायान चार बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रसित भएका थिए ।

निको हुने बेलामा रोग बल्झिएपछि सायानलाई पोखरा, काठमाडौं हुँदै भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा लगिएको थियो ।उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन गरेर उपचार गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.