सायान खत्री बचाउ अभियानमा सहयोग जुट्दै

दुलेगौंडा– सायान खत्री बचाउ अभियानमा आर्थिक सहयोग जुट्न थालेको छ । ‘बोनम्यारो प्रत्यारोपण’ गर्नका लागि सायानको परिवारले आर्थिक सहयोगका लागि याचना गरेको थियो । तनहुँ खबरले सहयोगको अपिलसहित भिडियो पोस्ट गरेपछि सहयोग जुट्न थालेको हो ।


तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार निवासी धुर्ब खत्रीका साढे ७ वर्षका छोरा सायान चार बर्षदेखि क्यान्सर रोगबाट ग्रसित भएका छन् । पछिल्लो समय रोग बल्झिएपछि सायानलाई पोखरा, काठमाडौं हुँदै भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ ।

उपाचारका लागि डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने चिकित्सक बताएका धुर्वले तनहुँखबरलाई जानकारी दिए । अहिलेसम्म ऋणधन गरेर उपचार गराएपनि दुई करोड रुपैयाँ आफ्नो क्षमताभन्दा बाहिर भएको उनले सुनाए । ‘छोराको उपचारका लागि म सबैसँग सहयोगको अपिल गर्दछु’, उनले भिडियो अपिलमार्फत भनेका छन् ।


तनहुँ खबरले भिडियो सन्देश पोस्ट गरेपछि सहयोगीदाताले धुर्बको खातामा रकम जम्मा गर्न थालेका छन् । हामीलाई प्राप्त विवरण अनुसार ८१ हजार रुपैयाँ बढी सहयोग जुटेको छ ।


कपिल सिग्देलः ११, १११ ।–
प्रकाश बुुढाथोकीः ११,०००।–
उमा थापाः १०,०००।–
मिलन पौडेलः १०,०००।–
मेघनाथ सिग्देलः ५,०००।–
प्रदीपकुमार सुनारः ५,०००।–
प्रदीप थापा मगरः ४, १११।–
प्रेम कार्कीः २,०००।–
काशी गिरीः २,०००।–
रोशु शर्माः २, ०००।–
प्रकाश बानियाँः २,०००।–
संविधान जोशीः १,५००।–
प्रेमनारायण पौडेलः १, १११।–
सरु सुनारः १,००५।–
विमल श्रेष्ठः १,०००।–
सुवास पन्थः १,०००।–
कन्टेक्ट गोपालीः १,०००।–
जनकराज पौडलः १,०००।–
अञ्जु कर्माचार्यः १,०००।–
सूर्य पौडेलः १,०००।–
राजु थापाः १,०००।–
सुनिता लम्साल तिवारीः १,०००।–
ज्योति बाँस्तोला ः १,०००।–
विमला बस्नेतः १,०००।–
रजनी गैरेः १,०००।–
प्रतिमा ढकालः १,०००।–
मिस्टिी मि (आचार्य)
: १,०००।–
कमल क्षेत्रीः ५००।–

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.