पोखरा
तनहुँमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा दमौलीबाट डुम्रेतर्फ जादै गरेको ग १ बा ख २९९ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिकाको श्रृष्टीचोक बस्ने २२ बर्षकी सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए ।
उनको घुडा र मुखमा चोट गम्भिर चोट लागेको थियो । आबुखैरेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपी थापाको भनाइ छ ।
बसको चालकले नियन्त्रण गुमाई सडक छेउको कल्भर्टमा पल्टिएकोमा १४ जना घाइते भएका थिए । बसका चालक तनहुँको भानु नगरपालिका– ५ बस्ने ३५ वर्षीया रविन्द्र घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।