तनहुँ
जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष बिष्णु गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले स्याङजाबाट पक्राउ गरेको हो।
स्याङजा जिल्ला अध्यक्षसमेत रहेका उनलाई स्याङजाको पुतलीबजार नगरपालिका-१४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यलय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक उमेश श्रेष्ठले जानकारी दिए । `पक्राउ गर्नलाई पत्राचार भएपछि समन्वय गरेका हौं´, उनले भने ।
गिरीलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा पक्राउ गर्न आदेश जारी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका गिरीलाई जिल्ला अदालत कास्कीले ६ दिनको म्याद थप गरेको छ ।