दुलेगौंडा
नारा एउटा, पारा अर्को हुँदै चौथो शुक्लागण्डकी महोत्सव सकिएको छ । फागुन ९ गतेदेखि सुरु भएको महोत्सव मंगलबार समापन भएको हो ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा महोत्सव भयो । महोत्सवको मंगलबार गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याँलले समापन गरेका हुन् ।
महोत्सवमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका भलिबल प्रतियोगितामा बौद्धिकाली गाउँपालिका नवलपुर विजेता भएको छ । शुक्लागण्डकी नगरपालिका दोस्रो, पुतलीबजार नगरपालिका स्याङजा तेस्रो र हरिनास गाउँपालिका स्याङजा चौंथो भए । उनीहरुले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार रुपैयाँ हात पारे ।
रत्यौली गीत प्रतियोगितामा उन्नतीशिल आमा समूह शुक्लागण्डकी–४ विजेता बनेको छ । सिद्धार्थ आमा समूह शुक्लागण्डकी–३ दोस्रो र शुक्लागण्डकी आमा समूह शुक्लागण्डकी–५ तेस्रो भएको हो । प्रगतिटोल आमा समूह शुक्लागण्डकी–६ र महेश्वर खनाल दिदी बहिनी समूूह शुक्लागण्डकी–२ चौथो भए ।विजेताले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार र चौथोले ७ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए ।
खुला नृत्यु प्रतियोगितामा विजेता भइन् । इशिका नेपाली दोस्रो, अनुष्का लम्सालले तेस्रो स्थान हासिल गरेकी छन् । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँको साथमा प्रमाणपत्र हात पारे ।
विद्यालयस्तरीय खुला नृत्य प्रतियोगितामा अरनिको मावि खैरेनीटार विजेता हुदाँ पञ्चमुनिदेव मावि दुलेगौंडा दोस्रो, माउण्ट अन्नपूर्ण मावि खैरेनीटार तेस्रो, आधारभूत मावि र कुमारी प्रावि चौथो भए । उनीहरुले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २/२ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाएका छन् ।
उद्घाटनको दिनमा सहभागी झाँकीमध्य दुलेगौंडा गणपति तमु समाज उत्कृष्ट घोषित हुदै २० हजार हजार रुपैयाँको साथमा प्रमाणपत्र हात पारेको छ । खैरेनीटार तमु समाज दोस्रो, श्रीकृष्ण सृजनशिल नेवाखल खैरेनीटार तेस्रो र बौद्ध तमु समाज बेलचौतारा र कार्पाकेली पुन समाज एक्लेखेतले चौथो स्थान हासिल गरेका छन् । दोस्रो, तेस्रो र चौथोले १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र चौथोले ५/५ हजार रुपैयाँ पाएका छन् ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सहआयोजनामा महोत्सव भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्ड प्रबद्र्धक रहेका छन् ।