शहीद कृष्णले मनायो ३१ औं बार्षिकोत्सव

दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा रहेको शहीद कृष्ण माध्यमिक विद्यालयले ३१ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा शहीद सप्ताह समारोह मनाएको छ । आइतबार विद्यालयले ३१ औं बार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाएको हो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले विद्यालयले विस्तारै सफलताका खुड्किला पार गर्दै अगाडी लम्किरहेको बताए । विद्यार्थीहरुलाई कोरा किताबी ज्ञान मात्रै नभई सामाजिक गतिविधिमा संग्लन गराउनुपर्ने उनको भनाइ छ । नगरपालिकाले शैक्षिक बर्षलाई सफल बनाउनका निम्ति अगाडि बढिरहेको हुदाँ नगर भित्रका विद्यालयले पनि विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्न लाग्नुपर्नेमा जोड दिए ।

उपमेयर खुमबहादुर विक राजुले वार्षिकोत्सव शैक्षिक सुधारका निम्ति योजना बनाइ अगाडि बढ्ने उत्सवका निम्ति मनाउनुपर्ने बताए । हरेक विद्यार्थीमा व्यक्तिगत क्षमता हुने हुदाँ विद्यार्थीको क्षमता अनुसारको शिक्षण विधि अपनाउनुपर्ने उनको सुझाव छ ।

विद्यालयले चुनौतिका बीचमा शैक्षिक स्तर वृद्धि गर्न निरन्तर लागिरहेको शुक्लागण्डकी–३ का वडाध्यक्ष सचिन भुजेलले बताए । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य तिर्थराज गर्तौला, युवा अभियान्ता शंकर पन्त, शिक्षाप्रेमी मोतिप्रसाद पौडेल, ब्रम्हाकुमारी विद्यालयका रमा बराल लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजनप्रसाद खनालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यार्थीको तर्फबाट रोशनि पुन र शिक्षकको तर्फबाट आशा पौडेलले मन्तव्य राखेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक भरत पौडेलले कार्यक्रम सञ्चालन गरेका हुन् । शहीद कृष्ण माध्यमिक विद्यालयमा करिब ३ सय विद्यार्थि रहेका छन् । यहाँ अंग्रेजी र नेपाली माध्यममा कक्षा १० सम्म पठनपाठन भइरहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.