सहिद कृष्ण क्याम्पसमा महेश्वर र दुर्गाबहादुरलाई सम्मान

दुलेगौंडा– सहिद कृष्ण क्याम्पसले ११ औं साधारण सभा तथा अभिभावक दिवस मनाइएको छ । शुक्लागण्डकी नगरपालिका–८ गणपतेमा रहेको क्याम्पसले बिहीबार अभिभावक दिवस मनाएको हो ।

अभिभाव दिवसको अवसरमा क्याम्पसका संस्थापक अध्यक्ष महेश्वर भट्टराई र उपाध्यक्ष दुर्गाबहादुर महतलाई सम्मान गरेको छ । क्याम्पस स्थापनादेखि सञ्चालन गर्नलाई योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आजिवन सदस्यबाट जेष्ठ ८२ वर्षिय भोलनाथ भट्टराई लगायतले बोलेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.