पोखरा
कास्कीको रुपातालमा एक युवक शव फेला परेको छ । रुपा गाउँपालिका–६ हिलोकुनाबाट आइतबार विहान एक युवकको शव प्रहरीले निकालेको हो ।
फेला परेको शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तालमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अन्दाजी ३०/३२ वर्षका युवकको शव निकालेको हो ।
शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।