रविको इन्कारी वयान, भन्छन्ः कुनै कसुरमा संग्लन छैन

पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले सहकारी रकम हिनामिना आफ्नो कसुर नभएको बताएका छन् । उनले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याउन गितेन्द्रबाबु राई (जीबि) जिम्मेवार रहेको वयान दिएका हुन् ।


पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको मुद्वामा बिहीबारदेखि रविको वयान सुरु भएको छ । जिल्ला अदालत कास्कीमा न्यायाधिश नीतिज राईको इजालसमा लिला पछाईंको वयान सकिएसँगै रविको सुरु भएको हो ।


खाजा समयपछि रविले झन्डै तीन घण्टा लामो वयान दिए । इजालसमा रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसँग सम्बन्धित रहेर प्रश्न गरियो । रविले सबैजसो प्रश्नमा इन्कारी वयान दिएको एक अधिकवक्ता बताउँछन् । ती अधिवक्ताका अनुसार रविले आफू कुनै कसुरमा संग्लन नरहेको र जीबि जिम्मेवार रहेको दोहो¥याइरहे ।


उनले सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले लिएको वयानमा पनि सहकारीबाट रकम ल्याउन विषयमा आफू जानकारी नभएको बताएका थिए ।


‘…सहकारीबाट रकम ल्याउने विषयमा मसँग औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराईएको छैन/थिएन । त्यसैले सहकारीलाई नै गोरखा मिडियाले चेक दिँदा पनि कुनै ऋणको साँवा, व्याज वा किस्ता हो भन्ने बुझ्नुपर्ने एउटा पनि आधार र कारण थिएन’, अभियोग पत्रमा उल्लेख वयानमा भनेका छन्, ‘कुनै सहकारीबाट ऋण तिर्नु भन्ने कुनै सूचना, जानकारी, पत्रलगायतको कुनै ताकेता भएको अवस्थासमेत थिएन ।’


आफूले हस्ताक्षर गरेको खाली चेकको दुरुपयोग भएकोसमेत न्यायाधिश राईसमक्ष बताए । राईको शुक्रबार पनि वयान निरन्तर हुनेछ ।
रविलाई सम्पत्ती शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ । सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो ।


आइतबार सरकारी वकिलको कार्यालय कास्कीले दायर गरेको मुद्वामा आठ कम्पनी, ५ जना सम्पत्ति प्रयोजनसहित गरेर ४४ जनाविरुद्ध मुद्वा दायर भएको छ । कास्की प्रहरीको हिरासतमा गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशीको सोमबार र मंगलबार वयान लिइयो । जीबिसँग मिलेर सहकारी रकम क्रिप्टोकरेन्सीमा समेत लगानी गरेकी लिला पछार्ईंको मंगलबार र बिहिबार वयान लिइयो ।


रविको वयान सकिएपछि नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक रहेका कृष्णबहादुर गुरुङको वयान हुनेछ । त्यसपछि प्रतिवादीको सूचीमा रहेका सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको वयान हुनेछ । वयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । न्यायाधिश नीतिज राईको इजालसले थुनामा राख्ने, धरौटीमा वा सामान्य तारेखमा छाडेर मुद्वाको किनारा लगाउने आदेश गर्नेछ । तर, अझै केही दिन हिरासतमा रहेका प्रतिवादीको वयान लिने लाग्दे देखिन्छ ।


सूर्यदर्शन सहकारी प्रकरणमा रवि, छवि, जीबिसहित कुल ६३ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा बिगो मागदाबी गरिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.