रवि लामीछानेविरुद्ध ५ दिन म्याद थप

पोखरा

सहकारीको रकम अपचलनको प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासत बसाँइ थप लम्बिएको छ । जिल्ला अदालत कास्कीले बिहिबार रवि विरुद्ध अनुसन्धान गर्न म्याद थपिदिएको हो ।

जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलेको इजालसले ५ दिन म्यादको आदेश दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत पेश गरेको हो ।

रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि ५ दिनको म्याद थपिएको अधिकारीले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.