रविलाई रातारात पोखरा ल्याइएकोमा रास्वपाको आपत्ति, भन्योः गैरन्यायिक चाल हो

तनहुँ

सभापति रवि लामीछानेलाई चितवनबाट रातारात पोखराको हिरासतमा ल्याइएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको रास्वपाले आरोप लगाएको छ ।

‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो’, रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौं। सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ ।’

रविलाई बिहीबार विहान ३ बजे चितवनबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा ल्याइएको हो । सहारा चितवन सहकारी संस्थाको रकम अपचलन गरेर गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले लगानी गरेपछि उनलाई जिल्ला अदालत चितवनले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई काठमाडौंबाट सिधैं विमानमार्फत चितवन पु¥याएर दुई दिन वयान सकाएर रातारात पोखरा ल्याइएको छ ।


काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा अनुसन्धान गर्न रविलाई पोखराबाट मंसिर १३ गते काठमाडौं लगिएको थियो । काठमाडौंको वयान सकाएर चितवन पठाइएको थियो ।

सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पु¥याइएकोमा रास्वपाले भत्र्सना गरेको छ । ‘यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएका छन्’, झाले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।

अनुसन्धानमा साथ दिइरहेको लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गर्न नहुने भनिएको छ । ‘नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं’ झाले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.