दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकोमा १८ इभेन्टमा पदकको टुंगो लागेको छ ।
शुक्रबार सुरु प्रतियोगिताको दोस्रो दिनसम्म १८ स्वर्ण, रजत र काँस्य छिनोफानो भएको हो ।
दुलेगौंडाको पञ्चमुनिदेव माविले अग्रतालाई बढाइरहेको छ । शनिबारसम्म पञ्चमुनिले १० स्वर्ण, ५ रजत र २ काँस्य जित्दै पदक तालिकाको शीर्ष स्थानमै रहेको छ ।
नेपाल पुलिस स्कुल बेलचौतारा दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले हालसम्म ३ स्वर्ण, २ रजत र २ काँस्य हात पारेको छ ।
तालबेंसी मावि घारी भने तेस्रो स्थानमा झरेको हो । उसले ३ स्वर्ण, २ रजत र १ काँस्य जित्न सफल छ ।
खैरेनी माध्यमिक विद्यालयले खैरेनिटारले १ स्वर्ण, १ रजत र ३ काँस्य जित्दा गाउँफर्कोदय मावि गणपतिले १ स्वर्ण र १ रजत जित्न सफल भएको छ ।
अरनि मावि खैरेनीटारले ४ रजत र ४ काँस्य, जनप्रेमी मावि खैरेनीटारले र हंशबाहिनी मावि एक्लेखेतले समान १/१ रजत र १/१ काँस्य पदक हात पारेका छन् ।
लोटसबर्ड मावि ढोरफिर्दी, आधारभूत मावि साँखे, सहिदकृष्ण मावि कवासे र कुश्मावति मावि शेराले समान १/१ काँस्य पदक हात पारेको छ ।
आइतबार सकिने राष्ट्रपति रनिङ शिल्डमा कुल ३० स्वर्ण, रजत र काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।