दुलेगौंडा–राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी नगर समितिको सभापतिमा हरि खड्का चयन भएका छन् । शनिबार भएको दोस्रो नगर सम्मेलनले खड्का नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपसभापति राजकुमार भण्डारी, सचिवमा राजेश पाण्डे, सहसचिवमा तोपबहादुर महत , कोषाध्यक्षमा सुस्मिता खड्का महत चयन भए । नगर समितिको सदस्यमा पदमराज भुसाल, बविता केसी खड्का, शालिकराम लामीछाने, दिनेश महत र कृष्णबहादुर राना रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा भएको नगर सम्मेलनमा बोल्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले परीवर्तनका लागि रास्वपा राजनीतिक मैदानमा होमिएको बताए ।
केन्द्रीय सदस्य शिव नेपालीले अरु पार्टी भन्दा रास्वपा साँच्चिकै फरक हुनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका सभापतिसमेत रहेका केन्द्रिय सदस्य राजन गौतमले एउटा रवि लामीछानेलाई सिध्याउदैमा रास्वपा नसकिने जिकिर गरे ।
जिल्ला सभापति विश्व बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शंकर पन्तले गरेका थिए ।