राप्रपा आँधीखोलाको अध्यक्षमा ढकाल निर्वाचित

स्याङजा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आँधीखोला गाउँपालिका स्याङजाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । विहीबार राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरूङले अधिवेशनको उद्घाटन गरे ।

सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका गुरुङले देशमा धेरै उथलपुथलबाट नै व्यवस्था परिवर्तन हुने बताए । देशमा संघीयता आएपछि जनताको दैनिकी परिवर्तन हुन्छ भन्ने आशा पूरा हुन नसकेको उनको भनाइ थियो । ‘देशमा च्याउ उम्रेजस्तो पार्टी उम्रिएपनि जनतासँग चुनावको समयमा मात्र देश परीवर्तनको सपना बाँड्छन्’, उनले भने ।


अहिलेका नेता देश र जनता भन्दा पनि आफ्नो जीवनशैली परिवर्तन गर्नतिर केन्द्रित भएको उनको टिप्पणी थियो । विकास पार्टीको मात्रै नभई सबैको साझा रहेको उनको भनाई छ । ‘राजा फाले विकास हुन्छ जनताको अवस्था फेरिन्छ भने ठीक छ भनेर हामी मौन बस्यौ’, उनले भने, ‘समर्थन ग¥यौं । तर, खोइ यत्तिका वर्षमा जनताको अवस्था फेरिएको ?’

पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागतलाई नयाँ ढंगबाट सोच्न बाध्य बनाएको बताए । ‘राजाको भ्रमणले जनता राजा र राजतन्त्रको पक्षमा रहेछन् भन्ने खुलायो’, उनले भने, ’स्याङ्जामा लागेको भीडको कुरा गरांै, काठमाडौंको जुलुसबारे व्याख्या गर्न आवश्यक छैन् ।’ उनले गणतन्त्रले मुलुकको न्याय नगरेको बताउदै जनताको आधारभूत आवश्यकता पूरा गर्नसमेत नसकेको बताए ।
आँधीखोला गाउँपालिका–५ जुग्लेमा सम्पन्न पाँचौ अधिवेशनले सुर्यबहादुर ढकालको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।
उपाध्यक्ष, सचिवको भने टुंगो लागेको छैन । कोषाध्यक्षमा हिरा अधिकारी निर्वाचित भएका छन् । यसअघि पालिकाको ६ वटै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ । वडा नम्बर–१ मा भुवानीप्रसाद लामिछाने, २ मा निर्मला विक, ३ मा ओमप्रकाश शर्मा, ४ मा दुर्गाप्रसाद उपाध्याय, ५ मा कृष्णबहादुर क्षेत्री र ६ ओमबहादुर गुरूङ रहेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.