पोखरा
गोमा फाउडेण्सन पोखराले रम्भादेवी आधारभूत विद्यालयमा शैक्षिक साम्रागी सहयोग गरेको छ । नवलपुरमा रहेको रम्भावदेवी विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर फाउडेण्सनले विद्यालयमा शैक्षिक साम्रागी सहयोग गरेको हो ।
विद्यालयमा पुस्तक ‘भीरको बाटो’ पनि वितरण गरिएको छ । लेखक तथा फाउडेण्सनकी संस्थापक गोमा पराजुलीले आफूले वितरण गरेको शैक्षिक साम्रागीले विद्यार्थीलाई पढ्नमा रुची दिलाउने आशा गरेको बताइन् ।
उनले यसअघि पनि ग्रामिण भेगका विभिन्न विद्यालयमा शैक्षिक साम्रागी सहयोग गर्दै आएकी छिन् । विशेषगरी सरकारी विद्यालयमा शैक्षिक साम्रागी लिएर पुग्ने गोमाले यसले निम्न आय भएका परिवारलाई थोरै भएपनि सहयोग हुने बताइन् ।
विविध कारणले शिक्षाबाट वन्चित रहेकी गोमाले पौढ भइसकेपछि मात्र विद्यालय शिक्षा हासिल गरेकी हुन् । त्यसैले पनि शिक्षाको महत्व बुझेर उनको फाउण्डेसनले विद्यालयहरुमा साम्रागी सहयोग गर्दै आएको छ । आफनो पहिलो रचना भीरको बाटोबाट आएको रकम उनले फाउण्डेसन मार्फत सहयोग गर्दै आएकी छिन् । निम्न आयको भएको परिवारमा एउटा कापी र कलमको पनि महत्व रहेको बताउँदै उनले आगामि दिनमा पनि आवश्यकलाई शिक्षाको क्षेत्रको सहयोग गर्दै आउने प्रतिबद्धता जाहेर गरिन् ।