रवि लामीछानेको वयान सुरु

पोखरा
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्वामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको वयान सुरु भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायधीश नीतिज राईको इजालसमा केही अगाडि उनको वयान सुरु भएको हो ।

सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबहादुर राई (जीबी) सँग मिलेर रकम अपचलन गर्ने लिला पछाईंको वयान सकाएर रविको सुरु गरिएको हो ।
पूर्वगृहमन्त्री लामीछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा लगाइएको छ । शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ आर्जन गरेको अभियोग लागेको छ । सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको हो ।


आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा ४४ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । सोमबारदेखि कास्की प्रहरीको हिरासतमा रहेका प्रतिवादीको वयान सुरु भएको छ ।


गोरखा मिडिया नेटवर्कका सञ्चालक पूर्वडिआईजी छविलाल जोशीको सोमबार र मंगलबार वयान लिएर सकियो । त्यसपछि मंगलबार र बिहिबार दुई दिन लगाएर पछाईंको वयान सकिएको हो । पक्राउ परेको आधारमा प्रतिवादीको वयान लिइएको छ ।

रविको सकाएपछि रामबहादुर खनालको हुनेछ । उनको सकाएपछि सूर्यदर्शनका पूर्वसञ्चालक कृष्णबहादुर गुरुङको वयान सुरु हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.