पोखरा
पूर्वराजा ज्ञानेन्द्र शाहीले स्याङजाको आलमदेवी मन्दिरको दर्शन गरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने आलमदेवी मन्दिर शाहवंशीय कुल मन्दिरका रूपमा परिचित छ ।
आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो । पूर्वराजा शाहले मंगलबार दिउँसो मन्दिर दर्शन गरेका हुन् ।
मन्दिर दर्शनका लागि उनी सोमबार नै स्याङजाको वालिङ पुगेको नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराका सचिवालय प्रमुख अरुण गिरीले बताए । ज्ञानेन्द्र मात्रै मन्दिर दर्शनका लागि गएको उनको भनाइ छ । पूर्वराजाको परिवारका सदस्य कोही पोखरा त कोही वालिङमा थिए ।
माघ २७ गतेदेखि पूर्वराजा ज्ञानेन्द्र पोखरामा बसेका छन् । उनले पोखरा आसपासका गन्तव्य परिवारसहित घुमाघाम गरेका छन् । फागुन १९ गते पोखराको विन्ध्यावासिनि मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।