राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन शुक्लागण्डकीको अध्यक्ष शीर्षक भट्टराई

तनहुँ

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन शुक्लागण्डकी नगर समितिको अध्यक्षमा शीर्षक भट्टराई चयन भएका छन् । शनिबार दुलेगौंडामा भएको प्रथम भेलाले भट्टराईको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवा संगठनको उपाध्यक्षमा रविन्द्र भण्डारी, संगम तिमिल्सिना र वरूण चन्द ठकुरी चयन भएका छन् ।

सचिवमा इरफान दिन मियाँ , कोषाध्यक्षमा सरोज लम्साल र सह–सचिवमा नारायण भट्टराई चुनिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.