प्रहरी श्रीमती संघद्वारा स्मार्टबोर्ड सहयोग

दुलेगौंडा

नेपाल प्रहरी श्रीमति संघ भृकुटीमण्डपले विद्यालयलाई स्मार्टबोर्ड सहयोग गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको नेपाल पुलिस स्कुललाई दुई थान स्मार्टबोर्ड हस्तानतरण गरेको हो ।

नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष लक्ष्मी कुँवरले शुक्रबार विद्यालयलाई स्मार्टबोर्ड हस्तानतरण गरिन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणका लागि बोर्ड सहयोग गरेको कुँवरको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भोलाबहादुर रावल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेश प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विरेन्द्रबहादुर शाही, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाही, गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, नेपाल प्रहरी विशेष सुरक्षा गण बेलचौताराका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्ध बज्राचार्य लगायत उपस्थित थिए ।

कार्यक्रमको सञ्चालन शिक्षिका मायादेवी पौडेल र स्वागत माध्यमिक तह संयोजक महेश्वर बस्नेतले गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.