दुलेगौंडा– गण्डकी प्रदेश सरकारले फागुन ४ गते कुनै पनि सार्वजनिक बिदा नहुने स्पष्ट पारेको छ। गण्डकी प्रदेश सरकारले यस वर्षको प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते मात्र सार्वजनिक बिदा दिएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बैठक तथा प्रशासन शाखाले सोमबार सूचना जारी गर्दै प्रदेशवासीलाई यसबारे जानकारी गराएको हो। शाखा अधिकृत प्रदीपचन्द्र सुवेदीद्वारा हस्ताक्षरित सूचनामा माघ २२ गते सार्वजनिक बिदा दिइएकाले फागुन ४ गते बिदा नहुने उल्लेख गरिएको छ।
प्रदेश स्थापना दिवसमा परम्परागत रूपमा बिदा दिने चलन भए पनि यसपालि प्रदेश सरकारले नीतिगत परिवर्तन गरेको हो।