गण्डकीलाई स्तब्ध पार्दै पुलिसले जित्यो टाइगर कप, महिलाको उपाधि आयोजकलाई

पोखरा

घरेलु मैदानमा गण्डकीको टोलीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले टाइगर कपको उपाधि जितेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको पाँचौ संस्करणको टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ पुलिसले जितेको हो ।

पुलिस टाइगर कपमा पहिलोपटक च्याम्पियन बन्दा गण्डकी दोस्रो पटक लगातर उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

पुलिसले ३–१ को सेटमा गण्डकीलाई स्तब्ध बनाएको हो । घरेलु मैदानमा दर्शकको भरपूर साथ पाएको गण्डकीलाई पहिलो सेटमा २५–२३ दोस्रो सेटमा २५–२१ अंकको जित निकाल्दै पुलिस जित नजिक पुग्यो । तेस्रो सेटमा गण्डकीले २५–२० को पुनरागमन जित निकाल्न सफल भयो । चौंथो सेट २५–२२ ले पुलिसलाई सुम्पदै गण्डकी उपविजेतामा सीमित भएको हो ।

महिलातर्फको उपाधि आयोजक टोलीले हात पारेको छ । यसअघिका लगातार तीन संस्करणको विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–२ सेटले पराजित गर्दै आयोजक टोलीले पहिलो पटक उपाधि जितेको हो ।

टाइगर कपको विजेता महिला तथा पुरुष टोलीले समान पाँच ८५ हजार ५५५ रुपैयाँ हात पारेका छन् । उपविजेता टोलीले दुई लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.