लागु औषधसहित पोखराका दुई युवा पक्राउ

दुलेगौंडा– प्रतिबन्धित लागु औषधसहित दुई युवा पोखराबाट पक्राउ परेका छन् । लागु औषध कारोवारको सूचना पाएको प्रहरीले छापा मार्दा दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० शिवचोक बस्ने ३९ वर्षीय राज नेपाली र ४५ वर्षीय मिलन भनिने राजेन्द्र गुरुङ रहेका छन् । शिवशक्ति मार्गमा लागु औषधको कारोवार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले यी दुईलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट खैरो हिरोइन (ब्राउन सुगर) जस्तै देखिने धुलो पदार्थ ५०० मिलिग्राम बरामद भएको छ । यस्तै, बुर्फिन २५ एम्पुल, डाइजापाम १३ एम्पुल, फेनारागन १० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । १ केजी ५०० ग्राम गाजा र दुई थान मोबाइलसमेत बरामद भएको छ ।
जिल्ला अदालत कास्कीबाट लागुऔषध सम्बन्धि मुद्वामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.