हरित रोजगारी सिर्जना गर्न पोखरामा कोसेली घर बन्दै

पोखरा

हरित रोजगारी सिर्जना गर्ने लक्ष्य राखेर पोखरामा कोशेली घर निर्माणको थालनी गरिएको छ । तीन हजार बढीलाई प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी दिने दाबी गरिएको कोशेली घरको सोमबार शिलन्यास भएको हो ।


कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगले पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सञ्चालनमा छ । परियोजना अन्तर्गत कोसेली घरको निर्माण थालिएको छ ।
कोसेली घरको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, कोइका नेपालका देशीय निर्देशक मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले संयुक्त रूपमा शिलन्यास गरे । पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कोशेली घर बन्नेछ ।


यो परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछन् । १ वर्ष ६ महिनामा निर्माण गर्ने सम्झौतासहित कोसेली घर निर्माणको जिम्मा इन्टरनेश्नल इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन कम्पनी अनामनगर काठमाण्डौलाई दिइएको छ ।


परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट पुुनप्रयोगयोग्य बस्त उत्पादन गर्ने पोखराका मेयर धनराज आचार्यले बताए । सिकाई केन्द्रका रूपमा विकास गर्दै पर्यटकीय गन्तव्यमा विकास गर्ने उनको भनाइ थियो ।

‘यसले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा महत्वपूर्ण योगदान गर्नेछ’, उनले भने, ‘फोहोरमैलाको व्यवस्थापनमा निकै चुनौती देखिएको बेला मोहोरमा बदल्ने पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण हुनेछ ।’ महानगरमा १३६ वटा समूहहरू मार्फत सामुदायिक सशक्तीकरणको काम हुने उनले बताए ।


कोइका नेपालका लागि देशीय निर्देशक मोहेन कोङले न पोखरामा रिसाइकल र अपसाइकल मार्फत हरित रोजगारी सृजनाको नमुनाका रूपमा विकास गर्न यो परियोजना कोषेढुङ्गा साबित हुने बताए । हरित रोजगारी सिर्जना विश्वमा निकै प्रभावकारी परियोजनाका रूपमा अगाडी आएको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमलाई बढवा दिने बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.