पोखराका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यक्षमा ताल्चा !

पोखरा
पोखरा महानगरपालिका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा नेपाली कांग्रेसका जनप्रतिनिधिले ताला लगाएका छन् ।
सोमबार मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाईको कार्यकक्षमा कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यले ताला लगाएका हुन् ।

बिना कारण नगर सभा स्थगीत भएपछि ताला लगाएको पोखरा–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । पोखरा महानगरको १६ औं नगर सभा सोमबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

बैठक सुरु भएपछि एमालेका जनप्रतिनिधिले नाराजुलुस गर्दै बैठक बहिष्कार गरे । एजेन्डा राख्नुपूर्व नै एमालेका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर धनराज आचार्यले साढे ४ बजेसम्मलाई बैठक स्थगीत गरे ।

पुन साढे ४ बजे बस्यो । मेयरले आचार्यले कुनै कारण नखुलाइ बैठक स्थगित गरेको वडाध्यक्ष बास्तोलाले बताए । ‘पुन बैठक सुचारु भइसकेपछि मेयरसाप बैठक रोक्दिनुभो । बैठक किन बोलाइयो ? किन रोकियो ? हाम्रा नगर सभा सदस्यहरु अनविज्ञ हुनुभो । नगर सभा सदस्यहरुको नेतृत्वमा ताला लगाइएको हो’, उनले सुनाए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.