पोखराको पिएनसीमा चैत १० गते स्ववीयु निर्वाचन

दुलेगौ‌डा–पोखराको पृथ्वीनारायण क्याम्पसमा स्थगित भएको स्ववीयु निर्वाचन चैत १० गते हुने भएको छ । मंगलबार मतपत्र छपाईंमा त्रृटि भएपछि मतदान स्थगित भएको थियो ।

आइतबार विहान ८ बजेदेखि मतदान सुरु हुने स्ववीयु निर्वाचन समितिका अधिकृत प्राध्यापक डा.रामचन्द्र पोखरेलले बताए । निर्वाचन समितिको गम्भीर लापरवाहीले मतपत्र त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गर्दा निर्वाचन हुन सकेन । पछि बुधबारलाई निर्वाचन समितिले मतदान हुने भनेपनि संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको कारणले स्थगित गरेको समितिले जनाएको थियो ।


निर्वाचन समितिले मतपत्रमा अखिल छैठौंको तर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन सुनारलाई मतदान गर्नलाई कोष्ट नराखेपछि पिएनको स्ववियु निर्वाचनमा विवाद सिर्जना भएको हो ।

पृथ्वीनारायण क्याम्पसमा नौ हजार २७० मतदाता रहेका छन् । स्ववियु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् ।

स्ववियु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा होमिएर प्रतिस्पर्धा गर्दै छन् ।

दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछन्। सभापति, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.