पोखरा
नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल र गोविन्द सुवेदीको भिडन्त हुने भएको छ ।
नेपाल प्रेस युनियन र प्रेस चौतारीको प्यानलबाट पौडेलले र प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतको प्यानलबाट सुवेदीले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्ष खुलामा घनश्याम पाण्डे, प्रकाश पौडेल र यदुनाथ बन्जराको उम्मेदवारी दर्ता भएको छ ।
महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियारको उम्मेदवारी दर्ता हुँदा सचिव खुलातर्फ ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीतर्फ रामबहादुर घले परियार र रोशनी गुरुङको मनोनयन दर्ता भयो ।
कोषाध्यक्षतर्फ अग्नीधर लुँइटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको उम्मेदवारी दर्ता भएको छ ।
खुला सदस्यमा श्रीकृष्ण सिंग्देल, गणेश पहारी, छबिलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, विजय नेपाल, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाको उम्मेदवारी परेको छ । महिला सदस्यतर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीले मनोनयन दर्ता गराएका छन् भने सदस्य (दलित) तर्फ अमितकुमार विश्वकर्मा र विजय नेपालीको उम्मेदवारी परेको हो ।
честные казино с быстрыми выплатами
бездепозитные бонусы казино
играть в лучшем казино на деньги
база казино с бездепозитным бонусом
онлайн казино России
casino oyunu
सदस्य (आदिवासी जनजाती) तर्फ तिलप्रसाद पुन (तिलक पुन), पदम श्रेष्ठ र मन्जुल शाक्य, सदस्य (अल्पसंख्यक) तर्फ सुन्दरकुमार थकालीको मात्र उम्मेदवारी परेको छ ।
२१ सदस्यीय प्रदेश समितिमा अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, २ जना सचिव र १ कोषाध्यक्ष गरी ७ पदाधिकारी निर्वाचित हुनेछन । ५ जना खुला सदस्य, ३ जना महिला सदस्य, २ जना आदिवासी र मधेशी सदस्य र १ जना दलित, अल्पसंख्यक सदस्य गरी १४ जना निर्वाचित हुनेछन् । मंसीर २८ गते जिल्ला, प्रदेश र केन्द्रीय समितिका लागि मतदान हुनेछ ।