दुलेगौंडा- दुलेगौंडामा भएको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ । पतंजली नगर योग समिति शुक्लागण्डकीले सोमबार गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् ।
१० औं राष्ट्रिय योग दिवसको अवसरमा रक्तदान गरेको समितिका अध्यक्ष एकनारायण गौतमले बताए । रगतको अभावले बिरामीको ज्यान जान सक्ने अवस्थाको अन्त्यका लागि रक्तदान आयोजना गरेको उनको भनाइ छ ।
पतंजली युवा नेपाल समिती तनहुँका अध्यक्ष ॠषेश्वर भुवाईले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा शुक्लागण्डकी रिफरेन्स ल्याबले निशुल्क सुगर परीक्षण गरेको छ ।
पतन्जली योग समितिले माघ १ गते अखण्ड हवनसमेत गर्दैछ । ओमकारेश्वर मन्दिर दुलेगौंडा हेल्थपोष्टचोकमा विहान सुर्योदयदेखी सुर्यास्तसम्म हवन हुने जनाइएको छ ।