दुलेगौंडा
छैठौं संस्करणको शुक्लागण्डकी नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दुलेगौंडाको पञ्चमुनिदेव माविले जितेको छ ।
पञ्चमुनिले १५ स्वर्ण, १० रजत र ३ काँस्य जित्दै रनिङ शिल्ड उचालेको हो । रनिङ शिल्डसँगै पञ्चमुनिले २० हजार रुपैयाँ हात पारेको छ । गतवर्षको पनि रनिङशिल्ड विजेता हो ।
गतवर्ष दोस्रो भएको तालबेसी मावि घारी यो वर्ष पनि दोस्रो नै भयो । तालबेंसीले ५ स्वर्ण, रजत र काँस्य ३/३ वटा हात पा¥यो । तालबेंसीले १५ हजारको साथमा प्रमाणपत्र हात पारेको छ ।
नेपाल पुलिस स्कुल बेलचौताराले ४ स्वर्ण, ३ रजत र २ काँस्य जित्दै तेस्रो बनेको छ । पुलिसले १० हजार रुपैयाँ प्राप्त गरेको छ ।
गाउँ फर्कोदय मावि गणपतिले २ स्वर्ण, रजत र काँस्य ३/३ वटा जित्न सफल भयो । अरनिको मावि खैरेनीटारले १ स्वर्ण, ५ रजत र ५ काँस्य पदक जितेको छ ।
खैरेनी मावि खैरेनीटारले १ स्वर्ण, १ रजत र ९ काँस्य पायो । आधारभूत मावि साँखेले १ स्वर्ण, १ काँस्य र बालविद्या मन्दिर मावि दुलेगौंडाले १ स्वर्णपदक हात पारेको छ ।
जनप्रेमी मावि लामागाउँले २ रजत र ३ काँस्य पदक, सरस्वती नमुना मावि खैरेनीटार , हंशबाहिनी मावि एक्लेखेत र जनकल्याण मावि बेलचौतराले १/१ रजत पदक पाए ।
लोटसबर्ड मावि ढोरफिर्दी, सहिदकृष्ण मावि कवासे, कुश्मावति मावि शेरा र सूर्योदय मावि भुरुङगेले १/१ काँसय हात पारेका छन् ।
честные казино с быстрыми выплатами
бездепозитные бонусы казино
играть в лучшем казино на деньги
база казино с бездепозитным бонусом
онлайн казино России
casino oyunu
शुक्रबारदेखि आइतबारसम्म चलेको राष्ट्रपति रनिङ शिल्डमा २९ विद्यालय सहभागी थिए । १३ विद्यालय भने पदक विहीन भएर फर्किएका छन् ।
शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रतियोगिता नेपाल पुलिस स्कुल बेलचौतराको खेलमैदानमा भएको थियो ।