पञ्चमुनिका विद्यार्थीसँग प्रचण्डको ‘स्विट सरसप्राइज’ (फोटो फिचर)

दुलेगौंडा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विद्यार्थीलाई भेटेका छन् । उनले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको पञ्चमुनिदेव माविका विद्यार्थीलाई भेटेर केहीबेर सम्बोधन गरे । विद्यार्थीसँग तस्बिर खिचाए ।

निर्वाचन क्षेत्र गोरखाबाट प्रचण्ड शुक्रबार पोखरामा भएको तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्न जादै थिए । त्यही मेसोमा नेकपा माओवादी केन्द्र तनहुँले सहिद परिवारसँग प्रचण्डले भेटवार्ता गर्ने कार्यक्रम थियो । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको सहिद स्मृति पार्कमा कार्यक्रमलाई सम्बोधन गर्ने तय थियो । पञ्चमुनिदेव माविको आग्रहपछि प्रचण्ड विद्यालयमै पुगे ।

विद्यार्थीलाई प्रचण्डलाई स्वागत गरे । प्रचण्डले केही मिनेट सम्बोधन गरे । उनी विद्यार्थीसँग भेट्न पाएर ‘स्विट सरप्राइज’ महसुश गरेको बताए ।
उनले पञ्चमुनिदेव देशकै नमुना सामुदायिक विद्यालय भएकोमा प्रशंसा गरे । सबैको योगदानले मात्रै नमुना बताए ।

‘निजि विद्यालयमा विद्यार्थीको संख्या बढी हुने सामुदायिक विद्यालय कमजोर हुने सर्वत्र देखिएको प्रवृत्ति हो’, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘तर, यो प्रवृत्तिका विरुद्ध विस्तारै विस्तारै सामुदायिक विद्यालयहरुको पनि शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधारमा पनि सुधार हुँदै गएको छ ।’ उनले सामुदायिक विद्यालयको सुधारसँगै विकासमा आफूले सक्दो टेवा पु¥याउने आश्वासन दिए ।

झन्डै ५ मिनेटको सम्बोधनपछि प्रचण्डले विद्यार्थीसँगै ओर्लिएर तस्बिर खिचाएका थिए ।


पञ्चमुनिदेवका प्रधानध्यापक एकनारायण भण्डारीले विद्यालयको विकासका लागि पूर्वप्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । उनले विद्यालय बस, होटल म्यानेजमेन्ट प्रयोगशालाको अभावको समस्या रहेको सुनाए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.