दुलेगौंडा
ट्याक्टरमा च्यापिएर सहचालकको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेका ३० वर्षीय सुकबहादुर विक आफैं सहचालक रहेको ट्याक्टरमा च्यापिएर मृत्यु भएको हो ।
सोमबार साँझ साढे ६ बजे म्याग्दे गाउँपालिका–४ ओटाङदीस्थित कच्ची सडकमा ग १ त ५६८९ नम्बर ट्याक्टर अनियिन्त्रित भएर सडकमा पल्टिएको थियो ।
ट्याक्टरका सहचालक सुकबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठ पनि सवार थिए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।