५० हजार धरौटीमा छुटे निकोलस भुषाल

पोखरा

कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको तस्बिर सार्वजनिक गर्ने डा. निकोलस भुषाल धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले शुक्रबार उनलाई ५० हजार रुपैयाँ धरौटीमा छोड्ने थुनछेक आदेश जारी गरेको हो ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले बताए । अधिकारीका अनुसार बिहिबार भुषालविरुद्ध मुद्वा दर्ता भएको थियो । शुक्रबार वयान र थुनछेक बहसपछि धरौटीमा छाडिएको उनको भनाइ छ ।

बिहिबार जिल्ला प्रहरी कार्यालय कास्कीले भुषाललाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । उनलाई यसअघि पुस ७ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको गरेको थियो । साइबार क्राइमको मुद्वामा अनुसन्धान गर्नलाई म्याद थप्न जिल्ला अदालत कास्की लगिएकोमा न्यायाधिश नारायण दाहालको इजालसले इन्कार गरेपछि उनी छुटेका थिए ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामीछानेको तस्बिर पुस ४ गते विहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिर निकोलस आफैंले खिचेको दाबीसहित सामाजिक सञ्जालबाटै स्वीकार गरेका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.