तनहुँ खबर

तनहुँमा कर्मचारी हकहित संघर्ष समिति गठन

दमौली । संघीय सरकारले संघीय निजामति ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरि ल्याउन लागिएको भन्दै तनहँुमा उक्त विधेक विरुद्ध संघर्ष समिति गठन गरिएको छ ।

विधेक सच्चाउन र स्थानीय तहका कर्मचारीहरुलाई पनि सम्मानजनक व्यवहारको माग राख्न तनहँु जिल्ला स्तरीय स्थानीय तह कर्मचारी हकहित संघर्ष समिति गठन गरिएको हो । व्यास नगरपालिकाका शिक्षा शाखाका निमित्त प्रमुख नविल पराजुलीको संयोजत्वमा समिति गठन गरिएको छ ।

समितिको उपसंयोजकमा निर्मला कुवंर, सचिवमा दिपक सिहं धामी,कोषाध्यक्षमा अजय सुवेदी रहेका छन् । त्यस्तै सदस्यमा बाबुराम गैह्रे,युवराज ज्ञवाली,अनन्त रेग्मी,सुबासचन्द्र रानाभाट,होमनाथ लामिछाने,विष्णु खत्री र महेश भटराई रहेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!