तनहुँ खबर

शुक्लागण्डकीमा बाल सञ्जाल गठन

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा नगर स्तरीय बाल सञ्जाल गठन भएको छ । बाल दिवसको सन्दर्भमा शुक्लागण्डकीका नगरपालिका बालबालिको प्रतिभा प्रस्फुटन गर्न आयोजना गरेको विभिन्न कार्यक्रमहरुका विच बाल सञ्जाल गठन गरेको हो ।

शुक्लागण्डकी नगरपालिकामा शुक्रबार आयोजना गरिएको भेला मार्फत पञ्चमुनीदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने निश्चल गौतमको अध्यक्षतामा १५ सदस्यीय बाल सञ्जाल गठन भएको नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेलले जानकारी दिईन् । सञ्जालको उपाध्यक्षमा स्नेहा भण्डारी, सचिवमा सन्ध्या कोइराला, उपसचिवमा मञ्जुरा रामदाम र कोषाध्यक्षमा निराजन गौतम चयन भएको छन् ।

यस्तै सदस्यहरुमा सुजिता गुरुङ्ग, रुपा लम्साल, मल्लिका थापा, इन्शा थापा, प्रथम पाठक, कृष्णा भूजेल, यमुना विक, प्रितम थापा, सिर्जना कार्की र ममता अधिकारी रहेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!