दुलेगौँडा । शुक्ला नागढुङ्गा शवदाह गृह शुक्लागण्डकी–५ को दोस्रो अधिवेशनले अध्यक्षमा पुनः बाबुराम कार्कीलाई तेस्रो कार्यकालका लागि चयन गरेको छ । बुधबार तालडाँडा सामुदायिक वनको भवनमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको पदाधिकारीमा पुरानै दोहोरिएका छन् ।
समितिको उपाध्यक्षमा विष्णु शाही, सचिवमा हरिराज अधिकारी, सह–सचिवमा हरि भण्डारी र कोषाध्यक्षमा आरती सुवेदी सर्वसम्मत रुपमा तेस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् । त्यस्तै सदस्यहरुमा विष्णुबहादुर थापा, पहलसिं वि.क, काशीप्रसाद जोशी, हुमबहादुर राउत, लिबहादुर भण्डारी भविसरा रिजाल र कमला भुजेल चयन भएका छन् । एक जना महिला सदस्य पछि चयन गरिने समितिले जनाएको छ । त्यस्तै, लेखा समिति संयोजकमा हुमराज तिमिल्सिना, धर्मराज पौडेल र संगीता ढकल चयन भए । निर्वाचन मण्डलमा हिमकुमार श्रेष्ठ, मोहन अकेला र हर्कबहादुर कार्की रहेका थिए ।