तनहुँ खबर

जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय धरापमा परेर एक युवकको मृत्यु

चितवन । चितवनको माडी नगरपालिका वडा नम्बर ३ धोबहामा विद्युतीय धरापमा परेर एक युवकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय धरापमा परेर स्थानीय २६ वर्षीय धिरन महतोको मृत्यु भएको हो ।

विद्युतीय धरापमा करेन्ट लागेर घाइते भएका उनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।

उनका अनुसार महतोलाई भरतपुर अस्पतालमा पु¥याएपछि त्यहाँका चिकित्सकहरूले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!