विराटनगर । इटहरी उपमहानगरपालिकाकी यशोदा श्रेष्ठको धरानमा हत्या भएको देखिएको छ । ४४ वर्षीया श्रेष्ठको शव हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको हो ।
हत्यामा संलग्न रामेछाप घर भई सुनसरीको धरान– १७ मा बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । दर्जीले यशोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यशोदा बुधबार माइत जान्छु भनेर इटहरी घरबाट हिँडेकी थिइन । यशोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको बुझिएको छ ।