तनहुँ खबर

साढे १७ हजार नक्कली नोटसहित एक युवक पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय रोशन चौधरी रहेका छन् । उनको साथबाट प्रहरीले ५ सय रुपैयाँ दरका ३५ वटा नोट बरामद गरेको छ ।

शनिबार दिउँसो २ बजे स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा सोही ठाउँका रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको प्रहरीलाई सूचना पुगेको थियो ।

त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!