कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको भवन निर्माणमा खटिएका एक जना मजदुरको करेन्ट लागेर ज्यान गएको छ ।
निर्माणाधीन भवनको लेन्टरलाई ब्रेकर मेसिनले तोडेर मर्मत गर्ने क्रममा करेन्ट लागेर पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मधुबनी घर भएका १८ वर्षीय विकास सहानीको आज दिउँसो मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
करेन्ट लागि घाइते भएका सहानीलाई अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना गरिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।