तनहुँ खबर

एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित

कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भउका छन् । शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी पदम गिरीलाई झण्डै एक हजार मतले पछि पार्दै भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशवराज कार्की, तृतीय उपाध्यक्षमा सन्दिपकुमार भट्टराई र महिला उपाध्यक्षमा नानु घले ब्लोन निर्वाचित भईन् । यस्तै युवा संयोजकमा सुवासबहादुर थापा निर्बिरोध भएका छन् । यसैगरी महासचिवमा रविन मगर, तीन सचिवमा ओमबहादुर क्षेत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा अधिकारी, कोषाध्यक्षमा बुद्धबहादुर पाण्डे र सहकोषाध्यक्षमा झबिन्द्र आचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार आइसिसी सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गाप्रसाद प्याकुरेल, प्रेमबहादुर चलाउने र बिक्रम कार्की निर्वाचित भएका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!